तमु धिं नेपालको ३८ औं वार्षिक साधारणसभा सम्पन्न

गुरुङ उम्मेदवारहरुको परिचय एवम् विजयीको शुभकामना

पाेखरा | असोज ३०, २०७९

तमु धिं नेपालको ३८ औं वार्षिक साधारणसभा सम्पन्न

 

 

पोखरा : पोखरा ९ नयाँबजारस्थित तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालको ३८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले तमु धिं नेपालका महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गमबहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ।

 

साधारणसभामा आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्नुभएका गुरुङ उम्मेदवारहरुलाई परिचयका साथै विजयीको शुभकामना व्यक्त गरिएको थियो। विभिन्न राजनीतिक दल एवम स्वतन्त्र २२ जना प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष एवम् समानुपातिक उम्मेदवारहरुलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्म तमु, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, सल्लाहकार मे.डिलबहादुर गुरुङ लगायतले टिका र खादा लगाएर विजयीको शुभकामना व्यक्त गरिएको थियो।

 

साधारणसभाको प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख तथा तमु धिं नेपालका आजिवन सदस्य मञ्जुदेवी गुरुङले तमु धिं नेपालले तमु समुदायको पहिचान, एकता, अग्रगति र सामुहिकताको विकासका सँगै समृद्ध समाज एवम राष्ट्र विकासका लागि उदाहरणीय भुमिका निर्वाह गर्नुभएको भन्दै प्रसंशा व्यक्त गर्नुभयो। उहाँले राज्यबाट धेरै श्रोत र अधिकारहरुको व्यवस्था भए पनि हामी सचेत हुदाँ प्राप्त गर्न सक्ने बजेट, योजना, कार्यक्रमहरुबाट बञ्चित हुनुपरेकोमा सबैले राज्यबाट पाउने सेवा सुविधाबारे जानकारी राख्न र सुविधा प्राप्त गर्न आग्रह गर्नुभयो।पोखरा महानगरपालिकाले विकास, क्षमता अभिवृद्धि, संरक्षण सम्वद्र्धन लगायतका विषयमा धेरै कार्यक्रमहरु अघि सारेको जानकारी गराउनुहुदै तमु समुदाय, समाज र तमु धिंसँग सहकार्य गर्न चाहेको बताउनुभयो।

 

कार्यक्रममा तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले तमु धिं नेपालको स्थापना, विकास र ३८ औं वार्षिक साधारणसभा सम्म विकासका सन्दर्भका बारेमा चर्चा गर्नुहुदै आगामी निर्वाचनमा उम्मेदवार बन्नु भएका तमुहरुलाई विजयीको शुभकामना व्यक्त गर्नुभयो।

 

शुभकामना व्यक्त गर्नुहुदै ङ्योए तमु धिंकी महासचिव काशिमाया गुरुङले तमुहरुको एकताबाट नै शक्ति निर्माण हुने भएकाले तमु धिं नेपाल र ङ्योए तमु धिंको कार्यगत एकता मात्र नभई संस्थागत एकता आवाश्यक रहेको बताउनुभयो। अब तमु धिंकै नामबाट अघि बढौं सामाजिक, साँस्कृतिक, राजनीतिक अधिकार धेरै प्राप्त गर्न सकिन्छ भन्दै तमु उम्मेदवारहरुलाई विजयीको शुभकामना व्यक्त गर्नुहुदैं निर्वाचित भईसकेपछि समुदायप्रति उत्तरदायी हुन आग्रह गर्नुभयो।

 

तमु धिं नेपाल साउदी अरब प्रवास शाखाका अध्यक्ष खेम गुरुङले शुभकामना व्यक्त गर्नुहुदै साउदी अरबमा संस्था स्थापना, संस्थाको उद्धेश्य, तमु धिं नेपालसँगको सम्बन्धका बारेमा चर्चा गर्नुहुदै विदेशमा रहेका तमु संघ संस्थाहरुसँग सम्बन्ध विस्तारका लागि पहल रहने बताउनुभयो।यसै बिच आगामी अधिवेशनबाट प्रवास शाखाका तर्फबाट साउदी अरबको सिफारिसमा एक जना कार्यसमितिका लागि प्रतिनिधित्व गर्ने, तमु धिं नेपाल साउदी अरब प्रवास शाखाको आजीवन सदस्यता तमु धिं नेपालमा कायम रहने र प्रवास शाखाहरुको समन्वय गर्ने जिम्मेवारी साउदी अरबका अध्यक्ष खेम गुरुङलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ।

 

कार्यक्रममा तमु धिं नेपालको नरबहादुर गुरुङ(नरजंग)पोखरा १३ समृद्धि टोल निवासी १ लाख १ हजार ११५ रुपैया प्रदान गर्दै तमु धिं नेपालको संरक्षक सदस्य बन्नुभएकोमा हार्दिक बधाई ज्ञापन गरिएको थियो भने तमु धिं नेपालका साउदी अरब प्रवास शाखाका अध्यक्ष खेम गुरुङ र तमु धिं जापानका पुर्व अध्यक्ष श्रीभक्त गुरुङलाई स्वागत एवम सम्मान गरिएको थियो।

 

तमु धिं नेपालको अध्यक्ष हुुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष  सुमे श्रीप्रसाद गुरुङ, स्वागत नृत्य तमु धिं नेपाल केन्द्रिय आमा समिति र सञ्चालन महासचिव जुनाकुमारी गुरुङले गर्नुभएको थियो।   

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्